You are viewing the translated version of श्रोता तथा दर्शक समूह गठन गर्न सकिने.
Section 21
श्रोता तथा दर्शक समूह गठन गर्न सकिने
(१) सार्वजनिक सेवा प्रसारण संस्थाले प्रसारण गरेको कार्यक्रम तथा समाचारको सम्बन्धमा आवश्यक राय, सल्लाह, सुझाव लिनका लागि श्रोता तथा दर्शक समूह गठन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम श्रोता तथा दर्शक समूह गठन गर्दा सम्भव भएसम्म महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तीकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तको आधारमा गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम गठन भएको श्रोता तथा दर्शक समूह वा त्यस्तो समूहको सञ्जालले सार्वजनिक सेवा प्रसारण संस्थाको प्रसारण कार्यक्रमसँग सम्बन्धित विषयमा बाहेक अन्य कुनै पनि प्रयोजनको लागि त्यस्तो समूह वा सञ्जालको:प्रयोग गर्न पाउने छैन।
(४) उपदफा (१) बमोजिमको समूहको काम, कर्तव्य, अधिकार र सञ्चालन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।